सिलगढी: सिलगढीका विधायक शंकर घोषले सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलनमा भने, ‘म मुख्यमन्त्रीले राम नवमीको बारेमा दिएको बयानको निन्दा गर्दछु। भगवान राम सुशासनको प्रतीक हुन् भने ममता ब्यानर्जी कुशासनको प्रतीक हुन्। रामनवमीको सन्दर्भमा मुख्यमन्त्रीले रामभक्तहरूलाई दंगा गर्ने भनेका छन्, जसको म घोर भर्त्सना गर्दछु।‘ उनले रामनवमीअघि उत्तर बंगाल र दक्षिण बंगालका जनसभामा मुख्यमन्त्रीले अप्रत्यक्ष रूपमा रामभक्तहरूलाई दंगा गर्ने भन्दै आलोचना गरेको बताए। रामनवमीअघि उनले धेरै ठाउँमा दंगा शब्द प्रयोग गरेर रामभक्तहरूको अप्रत्यक्ष अपमान गरेका उनको भनाइ छ। उनले हरेक वर्ष झै यस वर्ष पनि रामनवमीको शोभायात्रा निकालिने बताए। पत्रकार सम्मेलनमा शंकर घोष, डबग्राम फुलबारी विधायक शिखा च्याटर्जी, मतिगढा-नक्सलबारी विधायक आनन्दमय बर्मन र अन्य नेताहरू उपस्थित थिएl