खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत नरबुङ चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित नारी शक्तिको शाखा कमिटी गठन गरिएको छ। उक्त नारी शक्तिको कमिटी गठन गर्नलाई माया लामाको अध्यक्षतामा सभा सम्पन्न भएको छ। यसै सभामा नारी शक्ति नरबुङ चियाबारी शाखा गठन गरिएको छ। उक्त कमिटीमा सभापति अम्बिका गुरूङ, उप सभापति सोमाया राई र पूजा गुरुङ अनि प्रणिता राई, सचिव सुधा प्रधान, सह सचिवमा अजिला राई, अनिला छेत्री, नितु तामाङ थापा, कोषाध्यक्षा बुन्ती राई लगायत २३ जनाको सल्लाहकारहरू र २१ जनाको कार्यकारी सदस्याहरू चयन गरिएको जानकारी प्राप्त भएको छ।