हामी शान्तिपूर्ण चुनाव चाहन्छौं:  टीएमसी उम्मेद्वार देवांशु भट्टाचार्य

IMG-20240415-WA0165

कोलकाता: पूर्वी मिदनापुर जिल्लाअन्तर्गत तम्लूक लोकसभा केन्द्रबाट टीएमसी उम्मेद्वार देवांशु भट्टाचार्यले नन्दीग्राममा तृणमूल कांग्रेस पार्टी कार्यालयमा लागेको ताला आफैले तोडे। ताला भाजपाले लगाएको आरोप छ। यस अवधिमा उनका साथमा धेरै संख्यामा समर्थकहरु समेत उपस्थिति रहेको थियो।  टीएमसी उम्मेदवार देवांशु भट्टाचार्यले भने, ‘सुभेन्दु अधिकारीको आदेशमा ताला लगाएको थियोl तर हामी ममता ब्यानर्जीको निर्देशनअनुसार शान्तिपूर्ण चुनाव चाहन्छौं, त्यसैले हामीलाई कमजोर नठान्नुहोस्।‘ तृणमूल उम्मेदवारले लक्ष्मी भण्डारसहित राज्य सरकारका धेरै लोक कल्याणकारी योजनाहरूको बारेमा मतदाताहरूलाई बताएl तृणमूल कांग्रेसको लोक कल्याणकारी नीतिहरूलाई अगाडि बढाउनका लागि कार्यक्रमहरूको बारेमा जानकारी दिँदै यो सबै जारी रहने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement