एसकेएमको चुनाउ प्रचारको अन्तिम चुनावी सभा आज जोरथाङ बजारको खेल मैदानमा

n60035928617131753474749091b1631e9d128221ee7f3d04f33be390608f05f8e9f0789045a7ad0d7da23f.jpg

गान्तोक: सिक्किमको सत्तासीन दल एसकेएमको चुनाउ प्रचारको अन्तिम चुनावी सभा सोमवार दक्षिण सिक्किमको जोरथाङ बजारको खेल मैदानमा आयोजना भइरहेछ। जोरथाङको यस चुनावी सभालाई पार्टीले जनसमर्थन महासभाको संज्ञा दिएको छ। आज धेरै संख्यामा मानिसहरू पार्टीमा सामेल हुँदैछन्।

यस जनसमर्थन महासभामा राज्यका लोकसभा अनि ३२ वटै विधानसभा आसनका प्रार्थी लगायत पार्टी अध्यक्ष पीएस तामाङको विशेष उपस्थिति रहेको छ। यस जनसमर्थन महासभामा विशेषगरी महिला समर्थकहरूको व्यापक उपस्थिति रहेको देखिएको छ।

महासभाको मुख्य आकर्षण पार्टी अध्यक्ष पीएस गोलेको सम्बोधन हुनेछ। यस महासभामार्फत् गोलेले आगामी सरकारका विभिन्न घोषणाहरू पनि गर्नसक्ने सम्भावना रहेको छ।

राज्यका विभिन्न निर्वाचन क्षेत्र स्तरीय अनि जिल्लास्तरीय चुनावी सभा सम्पन्न गरी १५ अप्रेल सोमवार पार्टीको अन्तिम चुनावी महासभा जोरथाङमा आयोजन गर्दै यस महासभा १ लाख समर्थकहरू भेला हुने दावी पनि पार्टीले गरेको छ। आगामी १९ अप्रेलको दिन राज्यमा हुने लोकसभा अनि विधानसभा चुनाउको प्रचार अभियान १७ अप्रेलको दिन समाप्त हुँदैछ भने जोरथाङमा आयोजन भइरहेको एसकेएम पार्टीको यो अन्तिम चुनावी महासभा भएकाले यसलाई एसकेएमले शक्ति प्रदर्शनको रूपमा पनि लिएको छ।

यसै जनसमर्थन महासभाको माध्यमबाट एसकेएम पार्टीले सुनौलो र सम्वृद्ध सिक्किमको परिकल्पनासहितको आगामी सरकार गठनको शंखघोष गरेको छ भने जोरथाङको महासभाले राज्यका सबै विपक्षी पार्टी धरासायी बनिसकेको दावी पनि गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *