खरसाङ नगरपालिका टोलीद्वारा मैला फ्याँक्ने ठाउँ जाने निर्माणाधीन बाटोको निरीक्षण

IMG-20240415-WA0176.jpg

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १९ मा रहेको सुन्तले पाखामा मैलाहरू फ्याँक्नलाई लगिने निर्माणाधीन बाटोको खरसाङ नगरपालिकाको टिमद्वारा निरीक्षण गरिएको छ। खरसाङ बजारलाई सफा र स्वच्छ राख्नको लागि मैलाहरू फ्याँक्नलाई बाटोको निर्माण कार्य नगरपालिकाद्वारा पुरानो स्किमद्वारा पहिलेदेखि नै शुरु भएको थियो। उक्त निर्माणाधीन बाटोको खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, एसएई गोविन्द अधिकारी आदिले निरीक्षण गरेका छन्। उक्त बाटोको निर्माण कार्य के कस्तो भईरहेको छ र निर्माण कार्यलाई गुणस्तरीय भईरहेको छ कि छैन भन्दै नगरपालिकाको टोलीले निरीक्षण गरेका थिए। खरसाङ नगरपालिकाको पहलमा खरसाङ शहरलाई मैलामुक्त र स्वच्छ राख्नलाई मैला फ्याँक्ने कार्य वार्ड नम्बर १९ को सुन्तले पाखामा गरिन्छ भने यहाँ पुग्नलाई निर्माण भईरहेको बाटोक निरीक्षण गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्यको निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले खरसाङ नगरपालिकाको मैला फ्याँक्ने ठाउँमा जाने बाटोको निरीक्षण गरेको र काम सन्तुष्टपूर्ण भईरहेको बताउँदै यस कामको निरीक्षण हामी मात्र होइन अरू कसैले पनि गर्न सक्ने बताएका छन्।

उनले आगामी दिनमा खरसाङ शहरलाई सफा र प्रदूषणमुक्त बनाउनलाई मैलाहरू एकत्रित गरेर गिलो र सुक्खा मैलालाई छुट्टाएर राख्ने व्यवस्था गरिएको बताएका छन्। यसको लागि खरसाङ नगरपालिका क्षेत्रका जनसाधारणको पनि साथ सहयोग र सहभागिता चाहिन्छ जसले गर्दा खरसाङ शहरलाई सफा र स्वच्छ राख्न सकिन्छ भनी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *