भारतमा अवैध रूपमा प्रवेश गरेको आरोपमा २ जना बङ्ग्लादेशी पक्राउ

IMG_20220805_185923.jpg

सिलगढी: भारतमा अवैध रूपमा प्रवेश गरेको आरोपमा एनजेपी थाना पुलिसले दुईजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अब्दुल रहिम र कुलसुम अख्तार मली सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत दिसम्बर २०२१ मा परिवारको सहमतिबिनै अब्दुल रहिम र कुलसुम अख्तार मलीले बिहे गरेका थिए। यसपछि ती दुई बङ्ग्लादेशबाट भागेर अवैध रूपमा भारतमा प्रवेश गरेका थिए। बङ्ग्लादेशमा ती दुईविरुद्ध मामिला दर्ता गरिएको छ। एनजेपी थाना पुलिसले यसबारे थाहा पाएपछि आज नवापाडाबाट ती दुईलाई पक्रेर थानामा ल्याएको बताइएको छ। पक्राउ परेकाहरूलाई जलपाईगढी अदालतमा उभ्याएर पुलिस हिरासतमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement