अल शेर्पा एसोसिएशन दार्जीलिङ र तराई डुवर्सद्वारा गोपाल लामालाई समर्थन गर्ने निर्णय

IMG-20240415-WA0163.jpg

सोनादा: अल शेर्पा एसोसिएशन दार्जीलिङ र तराई डुवर्स सोनादा शाखाको एक सभा बसेर यसपालीको लोकसभा चुनावमा भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई सहयोग र समर्थन गर्ने भएको छ। अल शेर्पा एसोसिएशन दार्जीलिङ र तराई डुवर्स सोनादा शाखाको सभा निमा लाकपा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा शेर्पा सांस्कृतिक बोर्डको चेयरम्यान निमा वाङ्दी शेर्पा, दानु शेर्पा, कितार शेर्पा, एंव सोनादा पचेङ समष्टीको सभासद अनोश थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै सभामा यसपालीको लोकसभा चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई समर्थन गर्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभामा अल शेर्पा एसोसिएशनको पदाधिकारीहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै अल शेर्पा एसोसिएशनको पक्षमा प्रेम लाकपा शेर्पाले शेर्पाहरूलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले शेर्पा सांस्कृतिक बोर्डमार्फत् 2014 देखि धेरै सहयोग गरिरहेको र गरीब दु:खीहरूलाई सहयोग गरिरहेको, बोर्डमार्फत् शेर्पा विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा सहयोग गरिरहेकोले यसपालीको लोकसभा चुनावमा भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई समर्थन गर्ने निर्णय गरिएको जानकारी गराएका छन्। उनले हामीलाई जसले सहयोग गर्छ उसैलाई साथ र समर्थन गर्ने हाम्रो कर्तव्य रहेको बताउँदै पहाड़मा अनित थापाले सबैलाई परेको बेला सहयोग गर्ने भएकोले यसपाली शेर्पाहरूले गोपाल लामालाई जिताउन समर्थन गर्ने निर्णय गरिएको बताएका छन्। त्यसरी नै सभासद अनोश थापाले हिजोको दिनमा शेर्पाहरू जीटीएको विपक्षको रूपमा रहेका थिए। तर अहिले हामी राज्यसित मिलेर काम गरिरहेछौं र यसपाली अल शेर्पा एसोसिएशनले भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई समर्थन गर्ने निर्णय गरेका छन्। उनले भाजपाले 15 वर्षसम्म केही नगरेको र घोषणा पत्रमा लेखेको त पूरा गरेन भने यसपाली त झन घोषणा पत्रमा पनि गोर्खाहरूको उल्लेख छैन भनी आरोप लगाएका छन्। उनले भाजपाले केवल फूइयाको डल्ला मात्र दियो र यसपाली व्यवहारकि रूपमा जनताको समस्या समाधान गर्नलाई गोपाल लामाल प्रार्थी बनेका छन् र यसपाली शेर्पाहरू पनि साथ दिन अघि आएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement