युवा जमातको मन जित्न बजाजद्वारा नयाँ पल्सर एन२५० लञ्च

IMG-20240415-WA0144.jpg

काेलकत्ता: बजाज पल्सर सीरीजमा एकपछि अर्को गर्दै उत्कृष्ट मोटरसाइकलहरू जोड़िँदै आएको छ अनि यसपाली कम्पनीले यसमा नयाँ पल्सर एन२५० लञ्च गरेको छ। अल न्यू डिजिटल इन्स्ट्रूमेण्ट क्लस्टर, एलईडी लाइट्स, ट्रेक्शन कण्ट्रोल, कल र एसएमएस जस्ता सुविधाहरू रहेको स्मार्टफोन कनेक्टिविटी र धेरै खास फीचर्सको साथ २०२४ बजाज पल्सर एन२५० मोडलको एक्स शोरूम मूल्य (पश्चिम बंगालमा) १,५३,२६८ रुपियाँ रहेको छ। ग्लसी रेसिंग रेड, ब्रूकलिन ब्ल्याक र पर्ल मेटालिक वाइट जस्ता तीनवटा आकर्षक रंगको विकल्पमा आएको नयाँ पल्सर एन२५०-मा हार्डवेयरको साथै फीचर्स अपडेट प्राप्त हुन्छ, जसले यस बाइकले युवा जमातलाई आकर्षित गर्ने तय छ।
लुक अनि डिजाइनः
नयाँ बजाज पल्सर एन२५० मोडलको लुक अनि डिजाइनको कुरा गर्दा यसमा एलईडी प्रोजेक्टर हेड ल्याम्प, निक्कै आक्रामक देखिने एलईडी डीआरएल, स्लीक एलईडी रियर यूनिट दिइएको छ। झलक्कै हेर्दा यो पहिलाको मोडल जस्तै देखिन्छ तर ग्राफिक्सलाई अपडेट गरिएको छ, जसले यस बाइकलाई आकर्षक बनाउँछ।
अन्य केही विशेषताहरूः
नयाँ बजाज पल्सर एन२५०-को विशेषताहरूको कुरा गर्दा यसमा अल न्यू डिजिटल इन्स्ट्रूमेण्ट कन्सोल दिइएको छ, जसमा तपाईं ब्लूटूथको माध्यमले आफ्नो स्मार्टफोनलाई कनेक्ट गर्न सक्नुहुन्छ अनि यसमा राइडिंगको अवधि कल र एसएमएस अलर्टको साथै टर्न बाइ टर्न नेविगेशन, स्पीडोमीटर, ओडोमीटर, फ्यूल लेवल, डिस्टेन्स टू एम्प्टी, डिस्टेन्स टू सर्विसको साथै माइलेजसहित अन्य जानकारीहरू पाउन सकिनेछ। नयाँ बजाज पल्सर एन२५०-मा ट्रेक्शन कण्ट्रोल फीचर पनि दिइएको छ, जुन पल्सर सीरीज मोटरसाइकलमा पहिलोपल्ट देख्न पाइनेछ।
इञ्जिन-पावर र सस्पेन्शनः
नयाँ बजाज पल्सर एन२५०-लाई २४९ सीसी-को सिंगल सिलिण्डर, ओयल कूल्ड इञ्जिनको साथ पेश गरिएको छ, जसले २४.१ बीएचपी-को अधिकतम पावर अनि २१.५ न्यूटन मीटरको पिक टर्क जेनरेट गर्छ। फाइभ स्पीड गियरबक्सको साथमा यस मोटरसाइकलमा एसिस्ट र स्लिप क्लच जस्ता विशेषताहरू दिइएको छ। बाइकमा नयाँ गोल्डन अपसाइड डाउन (यूएसडी) फ्रण्ट सकर्स, रियलमा मोनोशक यूनिट, ब्रेकिंगमा ३०० एमएम-को फ्रण्ट र पछिल्लो टायरा २३० एमएम-को पेटल डिस्क ब्रेकको साथ डुअल च्यानल एबीएस दिइएको छ। यस बाइकलाई एबीएसलाई रोड, रेन र अफ रोड जस्ता तीनवटा राइडिंग मोडमा चलाउन सकिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *