सिलगढी: आज सिलगढी आइपुगेका केन्द्रीय मन्त्री अनुराग ठाकुरले तृणमूल कांग्रेस सरकारको कडा आलोचना गरेl उनले आरोपपूर्ण प्रश्न गर्दै भने, ‘देश विरोधी शक्तिहरूले किन बंगालमा मात्र शरण पाउँछन्?’ बेंगलुरुमा बम विस्फोट हुन्छ, आतंकवादीहरू बंगालबाट पक्राउ हुन्छ।‘ उनले तृणमूल सरकारलाई कडा आलोचना गर्दै भने, ‘यस राज्यमा महिलाहरू माथि अत्याचार भइरहेको छl अनि राज्यमा भ्रष्टाचार चरम सीमामा छ।‘ बागडोग्रा एयरपोर्टमा उनले कांग्रेस साथै राहुल गान्धीमाथि पनि कडा प्रहार गर्दै भने, ‘२०१३-२०१४ मा कांग्रेसले छोड्ने क्रममा मुद्रास्फीति पनि १३ प्रतिशत थियो, आज धेरै देशमा युद्ध चलिरहेको छ र त्यसबेला पनि पश्चिमा देशमा विनाश भइरहेको छ तर पनि मुद्रास्फीति नियन्त्रणमा छ। मोदी सरकारको लक्ष्य गरिबको थाल भरेर राख्नु हो।‘ उनले विगत एक वर्षमा औपचारिक क्षेत्रमा १.५ करोड मानिसले रोजगारी पाएको पनि दाबी गरे।