पीएमजीएसवाई र सयदिने रोजगारमा व्यापक धाँधलीको आरोप

photocollage_202285185314272.jpg

कालेबुङ: प्रधानमन्त्री ग्रामीण सडक योजना र सय दिने काम तथा प्रधानमन्त्री आवास योजनाको काम विगत २०१६ देखि २०२१ सम्ममा भएको धाँधलीको चाँडै भण्डाफोर हुने माक्सवादी कम्युनिष्ट पार्टीको वरिष्ठ नेता तारा सुन्दासले आज एक भिडियो जारी गरेर दावी गरेका छन्। गत २०१६ देखि २०२१ सम्म पीएमजीएसवाई र सयदिने रोजगारमा व्यापक धाँधली भएको आरोप लगाउँदै यसको छानबिन गर्न दिल्लीबाट यसै अगस्त महिनामा एउटा टीम आउने भएको जानकारी दिँदै जहाँ-जहाँ काम अपुरो छ, ती सबै कामका कागज पत्र लिएर भेला भइदिने तिनले मानिसहरूलाई अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement