ईंग्लिश प्रीमियर लीगः लिभरपूल र आर्सनलको हारले म्यानचेष्टर सिटी सुरक्षित

IMG-20240415-WA0120.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा खिताब जित्ने दौड़मा सामेल आर्सनल र लिभरपूलले निराशाजनक हारको सामना गर्नु पर्दा शीर्षमा रहने म्यानचेष्टर सिटीलाई चाहिँ फाइदा भयो। यी दुई टीमले हारले गत सीजनको च्याम्पियन सिटी शीर्षमा सुरक्षित रह्यो। आइतवार राति खेलिएको म्याचमा लिभरपूलले क्रिस्टल प्यालेस विरुद्ध १-०-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ७० प्रतिशत पोजेशनको साथ खेले पनि लिभरपूलले म्याच जित्न सकेन। होम टीमले पूरा म्याचमा २१ पल्ट विपक्षी पोस्टमा हमला गऱ्यो तर एकपल्ट पनि सफलता हासिल गर्न सकेन। यसको विपरीत एबेरेची एजे-ले १४औं मिनटमा दिलाएको एकमात्र गोलले क्रिस्टल प्यालेसलाई विजयी बनायो। यसरी आर्सनलले पनि आफ्नो होम ग्राउण्डमा एस्टन भिल्ला विरुद्ध २-०-ले हारको सामना गर्नु पऱ्यो। एमिरेट्स स्टेडियममा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने एस्टन भिल्लाबाट लिओन बेलीले ८४औं र ओली वाट्किन्सले ८७औं मिनटमा गोल गरे। यसरी यी दुई टीमले आ-आफ्नो होम ग्राउण्डमा हारको सामना गर्नु परेपछि म्यानचेष्टर सिटी ३२ वटा म्याचमा ७३ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। अहिले आर्सनल र लिभरपूलसँग ७१-७१ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा आर्सनल दोस्रो अनि लिभरपूल तेस्रो स्थानमा रहेको छ। यसरी एस्टन भिल्ला ३३ वटा म्याचमा ७३ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ। लिभरपूललाई पराजित गर्ने क्रिस्टल प्यालेस चाहिँ ३३ पोइण्ट्स लिएर १४औं स्थानमा रहेको छ। अन्य एउटा म्याचमा फूलह्यामले वेष्टह्यामलाई २-०-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *