आरसीबी-लाई हल्कामा लिन चाहँदैनन् प्रशिक्षक भिटोरी

IMG-20240414-WA0343.jpg

बेंगलुरु: आईपीएल २०२४-मा रोयल च्यालेञ्जर्स बे‌ंगलुरु (आरसीबी)-को खराब शुरुवातबारे अधिक नसोचेर सनराइजर्स हैदराबादका मुख्य प्रशिक्षक डेनियल भिटोरी सोमवार आयोजक टीमलाई पराजित गर्न आफ्नो टीमबाट असाधारण प्रदर्शन चाहन्छन्। आरसीबी-ले आईपीएलको जारी सीजनमा ६ वटा म्याच खेलेर केवल एउटा जितेको छ। भिटोरीले भने, कुनै पनि टीमलाई हल्कामा लिनु हुँदैन अनि उनीहरूलाई पराजित गर्न असाधारण प्रदर्शनको आवश्यकता हुनेछ। आईपीएलमा प्रत्येक म्याच कठिन हुन्छ। विशेषगरी घरेलु मैदानदेखि बाहिर खेल्दा परिस्थिति चुनौतीपूर्ण हुन्छ। न्यूजील्याण्डका पूर्व कप्तानले बताएअनुसार, एम चिन्नास्वामी स्टेडियममा ठूलो स्कोर हुनेछ भनेर आश्वस्त हुनु मूर्खता हुनेछ। भिटोरीले भने, मेरो विचारमा अधिकांश टीम नै यहाँ ठूलो स्कोर बनिनेछ भन्ने सोचेर आउँछन् तर गत केही सालदेखि यहाँको सतह अलग देखिएको छ। बल सामान्य धीमा रहन्छ अनि सजिलै रन बनाउन सकिँदैन। बल पहिला जस्तो सजिलै ब्याटमा आउँदैन अनि ठूलो शट्हरू खेल्नु सजिलो हुँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *