एमएलएस-मा इण्टर मियामीलाई जिताए लियोनल मेस्सीले

IMG-20240414-WA0336.jpg

केन्सस सिटी: चोटमुक्त भएर खेलमा फर्किने स्टार फूटबलर लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहायताले इण्टर मियामीले मेजर लीग सकर (एमएलएस)-को म्याचमा स्पोर्टिंग केन्सस सिटीलाई ३-२-ले पराजित गर्यो। मेस्सीले म्याचमा एक गोल गर्नको साथै एउटा एसिस्ट पनि गरे। इण्टर मियामीबाट यस म्याचमा मेस्सीका साथी खेलाड़ी उरुग्वेका लुइस सुआरेजले पनि गोल गरे। टोलीको निम्ति तेस्रो गोल डिएगो गोमेजले गरे। मेस्सी र सुआरेज जस्ता स्टार खेलाड़ीहरूलाई हेर्न स्टेडियममा ७२,६१० दर्शकहरू उपस्थित थिए। एमएलएस इतिहासको तेस्रो सबैभन्दा ठूलो भीड़ समक्ष मेस्सीले इण्टर मियामीको तर्फबाट यस सत्रको आफ्नो पाँचौं जबकि सुआरेजले छैटौं गोल गरे। स्पोर्टिंग केन्सस सिटीबाट दुवै गोल एरिक थमीले छिराए। उनले छैटौं र ५८औं मिनटमा गोल गरे। एमएलएस-मा इण्टर मियामी अहिले ९ वटा म्याचमा १५ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। एनवाई रेड बूल्ससँग पनि १५ पोइण्ट्स नै रहे पनि मेस्सीको टीम गोल अन्तरको आधारले शीर्षमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *