दार्जिलिङ: भोलि ६अगस्तको दिन दार्जिलिङ नगरपालिका र एडवार्डस फाउण्डेसनको संयुक्त आयोजनामा दार्जिलिङको टाउन हल अर्थात क्यापिटल हलमा निःशुल्क मेडिकल क्याम्पको आयोजना गरिने भएको छ। दार्जिलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनले नगरवासी एवम् पहाडवासीहरूको स्वास्थ्य विषयलाई ध्यानमा राखेर उक्त निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिने भएको बताइएको छ। एडवार्डस फाउण्डेशनका पूरण छेत्रीले बताए अनुसार नगरवासी तथा सम्पूर्ण पहाडवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर एडवार्डस फाउण्डेशनले निःशुल्क मेडिकल क्याम्पहरूको आयोजना गर्दै आइरहेको छ। यसैक्रममा भोली ६ अगस्तको दिन पनि शहरको क्यापिटल हलमा नगर निगमको सहयोगमा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। तिनले उक्त शिविरमा आएर बिमारीहरूले आ-आफ्नो स्वास्थ्यको जाँच गरिदिने अपिल पनि गरेका छन्। शिविरमा मृगौला रोगी, हद्रय रोगी लगायत अन्य विभिन्न रोगहरूको विषयमा चिकित्सकहरूले जाँच गर्नको साथै उपचार गरिने तिनले बताएका छन्।