डम्परमा आगलागी

Screenshot_20240414_225904_Samsung-Internet.jpg

फूलबाड़ी: सिलगढ़ी महकुमाको फाँसीदेवा अन्तर्गत फूलबाड़ी-घोषपुकुर बाइपास रोडमा आइतवार अपरान्ह अचानक एउटा डम्परमा आगलागी भएकोले क्षेत्रमा खैलाबैला मच्चियो। यस घटनामा चालक अनि सहचालक भाग्यले बाँचे। घटनाको सूचना पाएर फाँसीदेवा थानाको पुलिस अनि सिलगढ़ीबाट दमकलले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो।

डम्पर चालकले बताए, तिनी फूलबाड़ीदेखि फाँसीदेवा तर्फ गइरहेका थिए। फूलबाड़ी-घोषपुकुर बाइपास रोडमा पुगेपछि अचानक आगो लाग्यो। तिनले बताए, समय छँदै सहचालकसित डम्परदेखि बाहिर निक्लिन सफल भयौं जसले गर्दा हाम्रो ज्यान बच्यो। प्रारम्भिक अनुमान छ, आगो शर्ट सर्किटको कारणलेलागेको हुनसक्छ। फाँसीदेवा थानाको पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *