इम्फाल: केही हप्ताको शान्तिपछि मणिपुरमा फेरि हिंसा भड्किएको छ।
इम्फाल पूर्व, काङ्पोकपी र उखरुल जिल्लाको संगममा शनिबार भएको हिंसात्मक घटनामा दुई जनाको ज्यान गएको छ ।यहाँका एक अधिकारीले हिंसा प्रभावित क्षेत्रमा दुई सशस्त्र समूहबीच गोली हानाहान भएको बताए। वरिष्ठ पुलिस अधिकारीको नेतृत्वमा ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो।उक्त क्षेत्रमा सुरक्षाकर्मी पुगेपछि सशस्त्र समूहका मानिसहरु भागेका थिए।











