डा. अम्बेडकर जयन्ती पालन

IMG-20240414-WA0330.jpg

गान्तोक: भारत रत्न डा. बाबा साहेब अम्बेडकरको १३३औँ जन्मजयन्तीको अवसरमा सिक्किमका राज्यपाल लक्ष्मप्रसाद आचार्यले सिक्किम विधानसभा परिसरमा बाबा साहेब अम्बेडकरको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन्। यस अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। कार्यक्रमको प्रारम्भमा बौद्ध मन्त्रको उच्चारण गरी दीप प्रज्वलन गरिएको थियो। त्यसपछि बाबा अम्बेडकरलाई राज्यपाल र अन्य विशिष्ट व्यक्तिहरूले खादा र मालासहित पुष्पहार अर्पण गरेका थिए। समाज कल्याण विकास विभागका सचिवद्वारा स्वागत भाषण पछि, अखिल सिक्किम अनुसूचित जाति कल्याण संघका प्रतिनिधि केबी गदाइलीले बाबा साहेब अम्बेडकरको जीवनीबारे प्रकाश पारे। यस अवधिमा भीम चेतना नामक पुस्तक पनि विमोचन भयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *