कालचिनी – लगातार तीन चरणको दैलोमा सरकार शिविरको अपार सफलतापछि पनि उन्नयनको ११ बर्षको झाँकीको समापन पश्चात आजदेखि कालचिनी खण्डको ११ वटा ग्राम पञ्चायत क्षेत्रहरूमा पुनः चौथो चरणको दैलोमा सरकार शिविर आरम्भ गरिएको छ। आज प्रथम दिन कालचिनी खण्डको चुवापाड़ा ग्राम पञ्चायत क्षेत्रको निम्ति फेरि दैलोमा सरकार शिविर सम्पन्न भएको कालचिनी बीडीओ प्रशान्त बर्मनले जनाएका छन्।
गत दुई बर्षको अवधि दैलोमा सरकार शिविरमा धेरै जनसाधारणको काम भएको यद्यपि राज्य सरकारको प्रकल्पको सुविधा लिन आजपर्यन्त लिन नसकेको जनसाधारणको सुविधालाई ध्यानमा राखेर यो चौथो चरणको दैलोमा सरकार शिविर सम्पन्न भइरहेको र आगामी ३० मईसम्म कालचिनी खण्डको ११ वटै ग्राम पञ्चायत क्षेत्रमा निर्धारित मितिअनुसार दैलोमा सरकार शिविर सम्पन्न हुने कालचिनी बीडीओ प्रशान्त बर्मनले जनाएका छन्।

शिविरमा प्रमुख रुपले लक्ष्मी भण्डार लगायत स्वास्थ्य साथी, ख़ाद्य साथी, जनजाति प्रमाणपत्र, स्टुडेन्ट क्रेडिट कार्ड, तपशिली बन्धु, जय जोहार पेन्सन, रुपश्री, कन्याश्री, एक्यश्री, आदि प्रकल्पको आवेदन गर्न सकिने बताईएको छ।