भारत-नेपाल सिमा चिवाभन्ज्याङमा बैशाखी उत्सव

IMG-20240414-WA0329.jpg

गेजिङ: भारत-नेपाल सिमा क्षेत्र चिवा-भञ्ज्याङ्ममा शनिबार नेपाली नयाँ बर्ष २०८१ हर्षोल्लासको साथ मनाइयो। सिक्किम र नेपाल तर्फबाट संयुक्त रुपमा मनाएको यस कार्यक्रममा हजारौंको संख्यामा पर्यटकहरु, आम नागरिकको उपस्थिति रहेको थियो। पश्चिम सिक्किमको गेजिङ जिल्लामा पर्ने उत्तरेदेखि सिम्फोक, सोपाखा हुँदै काजी बर्खे, थामडाँड़ा, गेल्चे, भट्टराईडाँडा, सुङ्गुरे, ओइटे चोक, भालुवाले दबुवाखोला, घुम्ती चोक र चित्रे हुँदै चिवाभञ्ज्याङ पुगिन्छ। १० हजार २ सय ९९ फिट उचाइमा रहेको चिउवा भञ्ज्याङ् अहिले सिमा क्षेत्र मात्रै नभएर एक अति उत्तम पर्यटन स्थल बनेको छ। यस भेगका मानिसहरुको सिमाना नमिले पनि रगत र संस्कृति मिलेको हुँदा पर पूर्वकालदेखि नै यस ठाउमा नेपाली नयाँ बर्षलाई मनाउदै आएका छन्।

आजको दिनमा सिक्किम तर्फबाट पनि हजारौंको संख्यामा भेला हुने गरेको र नेपाल तर्फबाट पनि हजारौंको संख्यामा यस सिमा क्षेत्रमा भेला हुने अनि मितेरी साइनो गाँस्दै आएका छन्। गत बर्ष नेपालका ख्यातिप्राप्त कलाकारहरुले पनि नयाँ बर्षमा आफ्नो प्रस्तुति दिने गरेका छन् भने यस बर्ष सिक्किम तर्फ चुनावको माहोलले छोपेपछि सिमानामा जानेहरूको संख्या केही कमि देखियो। यस स्थानमा बनभोज गर्दै दुवै देशका नागरिकहरु मजा गर्ने गर्दछन। यस ठाउँमा नेपाल तर्फबाट सडक आइ सकेको हुँदा नेपाल तर्फको फिदिम, भोजपुर, पाँचथर, ताप्लेजुङ, जिल्लाबाट धेरै जसो भेला हुने गरेको र विभिन्न खानपानको स्टलहरु थाप्ने गरेका छन्। यता सिक्किम तर्फबाट पनि सडक सिमानामा पुगिसकेको तर सडकलाई बडोत्तरी गर्ने कार्यले भने अहिले पैदल यात्रा नै गरिनुपर्नेछ। यता उत्तरे भेगका केही नागरिकहरुले पनि पैदल यात्रा गरेर भए पनि आफ्नो स्टल लगाउने गरेका छन्।

नेपाली नयाँ बर्ष र राम नवमी महापर्व पनि संगसंगै पर्ने गरेकोले यस ठाउँमा देशी पर्यटक मात्रै नभएर भारतका विभिन्न प्रान्त र अमेरिका, जापान, कोरिया आदि स्थानका पर्यटकहरु पनि ट्र्याकिङ गरेर आउने अनि नाँचगान गरेर भरपुर आनन्द लिने गरेका छन्। पर्यटहरुले पनि यही समयमा चिउवा– भञ्ज्याङ् आउने र रमाउने गरेका छन्। यस पर्वको रूपमा मनाउने गरेको बैसाखी नयाँ वर्ष कार्यक्रममा लोक बाजाका धुनहरु जस्तै बजाउँदै खाद्य सामाग्रीहरुको स्वाद लिँदै दोहोरीमा नयाँ बर्ष मनाउने गरेका छन्।

अर्कोतर्फ चिवा–भञ्ज्याङ् अति रमणीय स्थल भएकोले दुख गरेर पनि यस ठाउँमा आउने गरेका छन्। स्मरण गराइछ भारत नेपाल सिमा क्षेत्रको चिउवा-भञ्ज्याङ् आज सिमा रेखा मात्रै नभएर अन्तर्राष्ट्रिय पर्यटक स्थल बन्दै गएको छ। चिवा–भञ्ज्याङ्ले विश्वमा छुट्टै इतिहास कायम गर्ने पर्यटकहरुले अनुमान लगाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement