गान्तोक: गान्तोक जिल्लामा आज निर्वाचन कार्यमा संलग्न ६२० सरकारी कर्मचारीले मतदानको अधिकार प्रयोग गरेका छन्। देवराली फुटसल एरिनामा मतदान कर्मचारीहरू बाहेक ७२ अधिकारीहरूले आज पोस्टल ब्यालेटद्वारा मतदान गरे।
यसैगरी, पाल्जोर स्टेडियममा पुलिस मुख्यालयका 548 जनाले मतदानमा भाग लिए। गत छ दिनमा गान्तोक जिल्लामा कुल ४७१६ जनाले पोस्टल ब्यालेटद्वारा आफ्नो मताधिकार प्रयोग गरेका छन्।
साथै पोस्टल ब्यालेटद्वारा मतदानलाई भोलि अर्थात १५ अप्रेल सॉंझ ६ बजीसम्म बढाइएको छ। विभिन्न वर्गमा पर्ने छुटिएका मतदाताहरूलाई समायोजन गर्न एक दिन बढाइएको हो।