मुख्यमन्त्री तामाङले गरे राज्यका विभिन्न महाविद्यालयका विद्यार्थीहरूसॅंग अन्तक्रिया

IMG-20240414-WA0324.jpg

गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आज राज्यका विदयार्थीहरूसँग मुख्यमन्त्री प्रेम सिंह तामाङले अन्तक्रिया गरे। राज्यका सबै जिल्लामा सञ्चालित महाविद्यालय र विश्वविद्यालयका विद्यार्थी प्रतिनिधिहरूलाई लिएर आयोजना गरिएको यस अन्तक्रियात्म कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने लोकसभाका उम्मेदवार डा. इन्द्र हाङ सुब्बाको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले राज्यका विद्यार्थीहरूले भोग्न परिरहेका विभिन्न प्रकारको समस्याबारे जानकारी लिँदै उनीहरूको समस्या दोस्रो पल्ट एसकेएम पार्टीको सरकार गठन भएपछि पुरा गर्ने बचन दिए। आजको यस कार्यक्रममा विशेष गरेर उनले विद्यार्थीहरूको पक्षमा विभिन्न महत्वपूर्ण घोषणाहरू पनि गरे, जसमा प्रत्येक महाविद्यालयका विद्यार्थीहरूलाई पहिलो चरणमा फस्ट ईयर, सेकण्ड ईयर र थर्ड ईयरका विद्यार्थीहरूलाई ल्याप टप वितरण गरिने तर अर्को वर्षदेखि केवल फस्ट ईयरका विद्यार्थीहरूलाई मात्र ल्याप टप वितरण गरिने घोषणा गरे। यसरी नै गान्तोक वरिपरि कोठा भाडामा लिएर बस्ने विद्यार्थीहरूले मैलाको पैसा तिर्न नपर्ने, सोही प्रकारले एसएनटी बसमा आइ कार्ड हुनेहरूले निःशुल्क यात्रा गर्न पाउने, छात्राबासको निर्माण गर्ने बताए। आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति राज्यको निम्ति कस्तो सरकार चाहिन्छ त्यस कुरामा विद्यार्थीहरूले चिन्तन मनन गर्दै निर्णय लिनु पर्ने सुझाउ दिए। एसकेएम पार्टीले विद्यार्थीहरूको हितमा के कति काम गऱ्यो त्यसबारेमा सोच्नु पर्ने अनि विद्यार्थी साथै युवाहरूको भविष्य निर्माणबारे कस्तो प्रतिनिधिलाई छनौट गर्दा ठीक हुन्छ भन्ने कुरा बुझ्नुपर्ने आग्रह गरे। तपाईहरूको एक भोटले राज्यका युवाहरूको भविष्य निर्धारण गर्नसक्ने अवगत गराए। एसकेएम सरकारको पाँच वर्षको कार्यकालमा धेरै चुनौतीहरूको सामना गर्नु परेता पनि धेरै विकासका कामहरू भएको किटान गरे। एसकेएम सरकार सदैव विद्यार्थीहरूको हितमा काम गर्ने भएकोले धेरै जना विद्यार्थीहरूले अहिले राज्य बाहिर अध्ययरत रहेको जानकारी गराए। एसकेएम सरकार गरीबको छोराछोरीले पढन पाउनु पर्छ भन्ने सरकार रहेको बताए। कुनै पनि विद्यार्थीहरूले गरिबीको कारण पढाइ छोडन नपरोवस् भन्ने उददेश्य राखेर सरकारले काम गरिरहेको बताउँदै निकट भविष्यमा कलेज पढिसकेका विद्यार्थीहरू बेरोजगार बस्न नपरोवस् भन्ने सोंच राखेर एसकेएम पार्टीले अहिलेदेखि नै नीति र योजनहरू बनाइरहेको अवगत गराए। अहिले गरीबका छोराछोरीहरू पनि इन्सपेक्टरको पदमा काम पाइसकेको जुन कुरा गरीब परिवारले सोच्न पनि नसकेको उनले मन्तव्य प्रकट गरे।

यसै क्रममा उम्मेदवार डा. इन्द्र हाङ सुब्बाले एसकेएम सरकारले विद्यार्थीहरूको हितमा धेरै काम गरेको जानकारी गराउँदै सदैव विद्यार्थीहरूको पक्षमा रहेर काम गरेको बताए। पूर्व सरकारले विद्यार्थीहरूको विरोधलाई जुन प्रकारले दमन गऱ्यो त्यसको तुलनामा एसकेएम सरकारले विरोध गरेका विद्यार्थीहरूको समस्यालाई समाधान गर्ने दिशामा पहल गरेको किटान गरे। गेजिङ कलेजका विद्यार्थीहरूले कलेज निर्माणलाई लिएर विरोध प्रदर्शन गर्दा मुख्यमन्त्री स्वयले यसको पहल गर्दै विद्यार्थीहरूलाई गान्तोकमा बोलाएर उनीहरूको समस्या सुन्दै समस्या समाधानको निम्ति तत्काल नै पहल शुरू गरेको जानकारी गराए। पूर्व सरकारको कारण सिक्किम विश्वविद्यालयको क्याम्पस निर्माण कार्यमा विलम्ब भएको बताए। यदि पूर्व सरकारले चाहेको भए सिक्किम विश्वविद्यालयको क्याम्पस २०१२ भन्दा अघि नै निर्माण हुन सक्थ्यो तर तत्कालिन सरकार शिक्षप्रति गम्भीर नरहेको कारण उक्त विश्वविद्यालयको निर्माण कार्यमा यति विलम्ब भएको दावी गरे। तर आफू सांसद बन्नसाथ संसदमा यसबारेमा कुरा उठाएको र तत्काल केन्द्र सरकारले धनराशि मञ्जुरी गरेपछि निर्माण कार्य युद्धस्त्रमा सम्पन्न बएको बताए। सिक्किमको इतिहासमा कला, साहित्य उत्सव पहिलो पल्ट एसकेएम सरकारको कार्यकालमा सम्पन्न भएको र यस उत्सवमा धेरै जना विद्यार्थीहरूले मञ्च पाउनको साथै केही सिक्ने अवसर प्राप्त गरेको जानकारी गराए। आफूले फेरि जितेर सांसद बनेपछि प्रत्येक महाविद्यालयमा डिजिटल ल्याब क्लास, इ लाइब्रेरी, प्रत्येक वर्ष स्पोर्टस एथलेटिक्स मीट सांसद कोषबाट आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement