दिनेशचन्द्र नेपालले नाम्चीमा विद्यार्थीहरूसॅंग गरे अन्तरक्रिया

n60023991617131129647564f512210ec4221e20692696e80f230db6dc431995bb1dcafa335a8b2cb1fdf7f.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपालले नाम्चीमा विद्यार्थीहरूसॅंग अन्तरक्रिया गरेका छन्। यस अवसरमा नेपालको साथमा भाजपा सिक्किमका लोकसभा स्टार प्रचारक एवं बीजेवाईएम प्रभारी ललित पोख्रेल शर्मा पनि उपस्थित रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।विद्यार्थीहरूसॅंग अन्तरक्रियाको क्रममा भाजपा लोकसभा उम्मेदवार नेपालले विद्यार्थीहरू र युवाहरूका लागि भाजपाका महत्वपूर्ण घोषणाहरूको बारेमा जानकारी गराए। भाजपाले सिक्किममा आईआईएम, एनआईडी र आईएचएम स्थापना गर्ने योजना रहेको उनले जानकारी गराए। यसैगरी आगामी पॉंच वर्षमा भाजपाले सिक्किमा २५ हजार रोजगारको अवसर सृजन गर्ने लक्ष्य लिएको पनि उनले विद्यार्थीहरूलाई जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement