गान्तोक: भारतीय जनता पार्टीले सिक्किम र सिक्किमेली जनताको आवश्यकता भने तत्काल स्वास्थ्य क्षेत्रमा देखा परेका कमी कम्जोरीलाई सम्बोधन गर्दै अघि बढ्नु रहेको छ। सिक्किममा अप्रत्यासित रूपले बढिरहेको क्यान्सर अनि अन्य घातक रोगहरूको पत्तो लगाउनु, कारण पत्तो लगाउनु अनि सिक्किमका जनतालाई सर्वोत्तम स्वास्थ्य सुविधा प्रदान गर्न भारतीय जनता पार्टी कटिबद्ध छ।
आज यस आशयको जानकारी भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआऱ छापाले दिएका छन्।
भाजपाले सिक्किममा यसपल्ट सरकार गठन गर्ने दाबी गर्दै उनले आगामी पाँच वर्षमा नवीनत्तम सुधार गर्दै केन्द्र सरकारको सहयोगमा क्षेत्रीय चिकित्सा विज्ञान संस्थानको स्थापना गरिने जानकारी दिए। भाजपाले यस विषयलाई आफ्नो संकल्प पत्रमा समेत प्रमुखताका साथ लिएको बताउॅंदै उनले स्वास्थ्यको क्षेत्रमा कुनै सम्झौता नगर्ने बताए। उनले यस आधुनिक अस्पताममा एड्भान्स मड्युलर अपरेशन थ्रेटरस्, अनुसंधानका उच्चत्तम प्रविधियुक्त सुविधाहरू रहने जनाउँदै सुपर स्पेशियालिटी सुविधाहरू र दक्ष मानव संशाधन राखिने पनि जनाए।
थापाले सिक्किमको पुरानो सर थुटोप नामग्याल मेमोरियल अस्पताललाई सिक्किमकै पहिलो अत्याधुनिक मेडिकल कलेजको रूपमा परिणत गरी स्नातक र स्नातकोत्तर जस्ता पाठयक्रमहरू शुरू गरिने र यसका लागि भारत सरकारसित तुरन्त अनुमति लिएऱ काम गर्ने पनि जानकारी दिए।
यस अतिरिक्त क्यान्सरसित जुझ्न भाजपाले 50 पलङयुक्त अत्याधुनिक क्यान्सर अस्पतालको निर्माण गरिने पनि जानकारी दिए। पाकिम र सोरेङ जिल्ला अस्पतालहरूलाई निर्धारित समयभित्रै निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याइने उनले जनाए। सिक्किमका सबै जिल्ला अस्पतालहरूलाई अत्याधुनिक बढोत्तरी गरि सबै सुविधायुक्त बनाइने तथा अस्पतालमा मूलभूत सुविधाहरू सुनिश्चित गरिने बताए।
सिक्किमका सबै गरीबी रेखा मुनिका जनतालाई प्रधानमन्त्री आयुष्मान योजना अन्तर्गत निशुल्क स्वास्थ्य बीमा गराइने र सबै लाभार्थीहरूसम्म पुऱ्याउन काम गरिने उनले बताए। यसरी नै सिक्किम स्वास्थ्य सुरक्षा योजना अन्तर्गत सबै तप्काका सिक्किमे जनतालाई वर्षेनी निःशुल्क स्वास्थ्य जाँच गराइने व्यवस्था गरिने योजना रहेको पनि उनले जानकारी दिए।
राष्ट्रिय आरोग्य निधि कार्यक्रम अन्तर्गत राज्यका बीपीएल परिवारका कुनै पनि सदस्यहरूको मुटु, फोक्सो, लिभर र किड्नी प्रत्यारोपण गर्न परे रू. १५ लाखसम्म आर्थिक सहयोग प्रदान गर्ने योजना लागू गरेर उनले थप जानकारी दिए।
वर्तमान सिक्किम सरकारले प्रधानमन्त्री जनऔषधी केन्द्रहरू स्थापना नगरेको आरोप लगाउँदै भारत सरकारले दिएको सुविधा समेत लागू गर्न नसकेको उनले बताए। उनले भाजपा सरकार आएपछि प्रत्येक अस्पतालमा प्रधानमन्त्री जनऔषधी केन्द्रहरू स्थापना गरिने र खुल्ला बजारमा पाइने ब्रान्डेड औषधिको तुलनामा 90 प्रतिशतसम्म सस्तो मूल्यमा गुणस्तरीय औषधिहरू उपलब्ध गराइने योजनालाई व्यापक रूपमा थालनी गर्ने थापाले बताए।










