घैयाबारी ग्राम पञ्चायत तीनको स्वतन्त्र पञ्चायत सदस्यहरूसहित ८० परिवारहरू भाजपामा सामेल

IMG-20240414-WA0319.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको दुईजना स्वतन्त्र पञ्चायत सदस्यहरू साथै ८० घर परिवाहरू आज भाजपामा सामेल भएको जानकारी प्राप्त भएको छ। भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टले आज खरसाङ क्षेत्रमा चुनाव प्रचार गरेको समय नै घैयाबारी ग्राम पञ्चायत तीनको स्वतन्त्र पञ्चायत सदस्यहरू महेश छेत्री र सुनिता गजमेर भारतीय जनता पार्टीमा सामेल भएका छन्। दुईजना पञ्चायत सदस्यहरू लगायत घैयाबारीका २५५ बुथको ८० घर परिवारहरू भारतीय जनता पार्टीमा सामेल भएको जानकारी प्राप्त भएको छ। उक्त सामेल हुनेहरूलाई भाजपाको प्रार्थी राजु विष्टको बाहुलीबाट दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइएको छ। उक्त सामेल हुने कार्यक्रम खरसाङस्थित भाजपाको पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई भाजपाको चन्दन प्रसादले सञ्चालन गरेका थिए। यस सामेल हुने कार्यक्रममा भाजपा तीनधारे महानदी मण्डलको सभापति उमेश प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement