खरसाङ: खरसाङको चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रुपमा बसेर कार्य गर्ने भएको बताएका छन्। उनले एउटा भिडियो जारी गर्दै चिमनी देवराली ग्राम पञ्चायतको नर्थ शिवखोलाको भागोप्रमोको पञ्चायत सदस्य दिपेस थापाले एक भिडियो जारी गर्दै पञ्चायत सदस्य निर्वाचित भएपछि जनताको लागि निष्पक्षमा रूपमा सबैको लागि कार्य गर्ने भन्दै पार्टीबाट राजीनामा दिएको बताएका छन्। उनले पार्टी अध्यक्ष अनित थापाको नाममा राजीनामा पत्र लेखेर पार्टीमा स्वतन्त्र रहेर नै जनताको लागि काम गर्ने भन्दै राजीनामा दिएका छन्। उनले उक्त पत्रको प्रतिलिपि भागोप्रमो खरसाङ महकुमा समिति सभापति र सचिव साथै समष्टी प्रतिनिधिलाई पठाएको उल्लेख गरेका छन्। उनले आफ्नो राजीनामा विषयमा बोल्दै भने, मलाई कसैले जिताएको होइन तर मलाई जनताले र अनित थापाको आशिर्वादले जिताएको हो। मलाई मेरो गाउँ र जनताको माया चाहिन्छ तर म अब कुनै पनि पार्टीमा नगई निष्पक्ष रूपमा गाउँको विकास र जनातको लागि काम गर्नेछु। त्यसर्थ मलाई जनताको माया विश्वास चाहिन्छ। म स्वतन्त्र रहेर काम गर्नेछु।’









