खगेश्वर रायलाई जलपाइगढी जिल्लामा तृणमूल कङ्ग्रेसको चेयरम्यानको रूपमा नियुक्त

IMG_20220805_183927.jpg

राजगञ्ज: खगेश्वर रायलाई जलपाईगढी जिल्लामा तृणमूल कङ्ग्रेसको चेयरम्यानको रूपमा पुनः नियुक्त गरिएको छ। खगेश्वर रायलाई आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूले सम्मान जनाए । राजगञ्ज विधानसभाको विभिन्न अञ्चलका कार्यकर्ता तथा समर्थकहरू आज बिहान राजगञ्जका विधायक तथा तृणमूल कङ्ग्रेसको जलपाईगढी जिल्ला चेयरम्यान खगेश्वर रायको घरमा पुगेर तिनलाई सम्मान जनाए।
यस सम्बन्धमा जलपाइगढी जिल्लाका चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायले भने, जिल्लामा नयाँ जिल्ला कमिटीको घोषणा गरेपछि आफूलाई पुनः तेस्रोपल्ट जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसको चेयरम्यान नियुक्त गरिएको छ। यसैले राजगञ्जका केही मानिसहरू खुसी भएर सम्मान जनाउनको लागि आज घरमा आएको हो। आगामी पञ्चायत चुनाउ तथा लोकसभा चुनाउलाई ध्यानमा राखेर पार्टीलाई विपुल मतले विजय तुल्याउने लक्ष्य राखेर काम गर्ने तिनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *