खरसाङमा भाजपा प्रार्थी राजु विष्टद्वारा चुनाव प्रचार

IMG-20240414-WA0301.jpg

गोर्खाहरूको समस्या समाधान केवल भाजपा र केन्द्र सरकारले अवश्य गर्नेछ: राजु विष्ट

खरसाङ: भारतीय जनता पार्टीको दार्जिलिङ संसदीय सिटको लागि प्रार्थी राजु विष्टले आज खरसाङमा आफ्नो चुनाव प्रचार गरेका छन्।दार्जीलिङबाट सोनादा हुँदै साँझ ५ बज्न आईपुगेका भाजपा प्रार्थी राजु विष्टलाई खरसाङको टुरिस्ट लजमा भाजपा र गठबन्धन दलहरूले स्वागत जनाएका थिए। खरसाङको टुरिस्ट लजदेखि शुरु भएको भाजपा प्रार्थी राजु विष्टले आफ्नो समर्थकहरूसित मानिसहरूलाई हात हल्लाउँदै अभिवादन गर्दै खरसाङ बजारमा चुनाव प्रचार गरेका थिए। उनले खरसाङको अस्पताल मोड़ हुँदै खरसाङ बजारमा मानिसहरूसित र जाममा रहेका गाड़ीका चालकहरूसित पनि चुनाव प्रचार गरेका थिए। उनी खरसाङ बजारमा रहेको राम मन्दिरमा पुगेर दर्शन पनि गरेका थिए। त्यहाँबाट उनी खरसाङको हाट बजार क्षेत्रमा पसेर दोकान दोकनतिर पसेर चुनाव प्रचार गरेका थिए। खरसाङ बजारमा चुनाव प्रचार गर्दै मोटर स्ट्याण्डमा पुगेर पत्रकारहरूसित कुराकानी गरेका थिए।

त्यसपछि उनी खरसाङको भाजपा कार्यालयमा पुगेर भाजपा कार्यकर्ताहरुसित भेटघाट गरेका थिए भने उनको बाहुलीबाट धेरैले भाजपाको दलीय झण्डा प्रदान पार्टीमा स्वागत गरिएको जानकारी प्राप्त भएको छ। खरसाङको मोटर स्ट्याण्डमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा प्रार्थी राजु विष्टले गोर्खाहरूका मुद्दा र ११ जनजातिको मुद्दा यथावत रहेको बताउँदै २०२६ को चुनाव अघि संसदमा गोर्खाहरूको लागि बील ल्याएर पेस गर्ने बताएका छन्।भाजपा प्रार्थी राजु विष्टले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, यसपालीको घोषणा पत्र २०४७ सम्मको विकसित भारतलाई लक्ष्य गरेर जारी गरिएको अनि यसपालीको घोषणा पत्रको चलन रध्द गरिएको छ। तर प्रधानमन्त्री स्वंयमले नै गोर्खाहरूको समस्या समाधानको नजिक पुगेको बताएकोले गोर्खाहरूको समस्या समाधान अवश्य हुने र त्यो केवल भाजपा र केन्द्र सरकारले नै गर्नेछ। न्याय केवल दिल्लीले नै दिनेछ र यसपाली अझ दोबर मानिसहरू जोडिएका छन् हामीसित। यसपाली भागोप्रमोका ९० प्रतिशतले भाजपालाई नै भोट हाल्छन्। गोर्खाहरूको स्थायी राजनैतिक समाधान र ११ जनजातिको मुद्दा यथावत् रहेको छ। तर घोषणा पत्रलाई लिएर विपक्षको भ्रम फैलाउने कार्य गरिरहेका छन्। विपक्षले भाजपाको घोषणा पत्र पर्खिरहेको थिएछ।’
प्रार्थी राजु विष्टले २३ तारिखपछि सीबीआई र ईडी अवश्य आउनेछ बताउँदै ईडी अनि सीबीआई आएपछि नेता मात्र होइन नेतासित सम्बन्धित सबैलाई साह्रो छ भनी बताएका छन्। उनले यस विषयमा भने, म मेरो जनताको लागि चौकीदार जस्तै भएर रहनेछु। शिक्षा घोटालामा पैसा लिनेहरूलाई साह्रो छ। तर शिक्षकहरू ढुक्कै रहनु होस् कारण तपाईहरूले केही गरेको छैन। पैसा लिनेहरूलाई चाहिं छोडिने छैन।’ विष्टले बीपी बजगाईको सुरक्षा गार्ड हटाएको विषयमा बोल्दै भने, यो गृह मन्त्रालयको कुरा हो। तर तृणमूलसित मिलेर काम गर्नेलाई तृणमूलको प्रदेशमा सुरक्षा व्यवस्था पर्दैन।’

खरसाङमा भाजपा प्रार्थी राजु विष्टको चुनाव प्रचारमा दार्जिलिङका भाजपा विधायक निरज जिम्बा, भाजपा राज्य सदस्य सञ्जीव लामा, भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङका चुनाव प्रभारी आरबी लामा, बिनय प्रसाद, चन्दन प्रसाद लगायत भाजपाको नेतृत्वहरू साथै विभिन्न मण्डलहरूका पदाधिकारीहरू र समर्थकहरू उपस्थित रहेका थिए। योभन्दा अघि राजु विष्टले सोनादा क्षेत्रमा पनि आफ्नो चुनावी चुनाव प्रचार गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement