लरेन्स बिश्नोईका भाईले लिए सलमान खानको घरबाहिर गोलीकाण्डको जिम्मेवारी

photocollage_2024414184752474.jpg

मुम्बई: बलिउड सुपरस्टार सलमान खानको घरबाहिर भएको गोलीकाण्डको जिम्मा जेलमा रहेका ग्याङ्स्टर लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईले लिएका छन्। लरेन्सका भाइ अनमोल अमेरिकामा छन्। उनले सामाजिक संजाल पोस्टमार्फत सलमान खानको घर बाहिर गोली चलाएको जिम्मेवारी लिएका छन्। यो हमला सलमानलाई ट्रेलर देखाउनकै लागि गरेको पनि बताएका छन्। आइतबार बिहान मुम्बईमा सलमान खानको घर बाहिर मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले गोली चलाएको थियो। त्यसपछि पुलिसले उनको निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारेको छ। बिहान करिब ५ बजे मुम्बईको बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुईजनाले चारवटा गोली हानेर भागेको पुलिसले जनाएको छ। यही अपार्टमेन्टमा सलमानको घर छ। पुलिसले अहिले घर वरपर जडान गरिएका सीसीटीभी फुटेजहरू खोताल्ने कार्य गरिरहेको छ।

संचारमाध्यमको समाचारअनुसार, गत वर्ष मार्चमा सलमानको अफिसमा एउटा इमेल आएको थियो जसमा उनलाई मार्ने धम्की दिइएको थियो। पुलिसले यस मामिलामा गुस्टर लरेन्स बिश्नोई, गोल्डी ब्रार र अन्य विरुद्ध एफआईआर दर्ता गरेको थियो। इमेलमा भनिएको छ कि सलमानले लरेन्स बिश्नोईले कुनै न्युज च्यानललाई दिएको अन्तर्वार्ता हेर्नुभएको होला र यदि छैन भने हेर्नु होला। यदि खानले यो मुद्दा बन्द गर्न चाहन्छ भने, उनले गोल्डी भाइसँग आमनेसामने कुरा गर्नुपर्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *