बंगालमा परिवर्तन हुनुपर्छ: मिथुन चक्रवर्ती

IMG-20240414-WA0280.jpg

सिलगढी: आफ्नो स्वास्थ्य अचानक बिग्रिएपछि केही समयअघि सार्वजनिक जीवनबाट ब्रेक लिएका बलिउड सुपरस्टार मिथुन चक्रवर्तीले फेरि राजनीतिमा सक्रिय भूमिका खेलेका छन्। मिथुनले आज सिलगढी आइपुगेर पत्रकारहरूसँग कुरा गर्दै भने, ‘म कुनै हिसाबकिताबमा विश्वास गर्दिन, बंगालमा परिवर्तन हुनुपर्छl’ अभिनेता मिथुन चक्रवर्तीले अलिपुरद्वार, जलपाईगढी र कोचबिहारमा चुनावी सभा गर्नेछन्। राज्यमा लोकसभाको पहिलो चरणको मतदान १९ अप्रेलमा हुँदैछ। पहिलो चरणमा राज्यको तीन सिट अलिपुरद्वार, जलपाईगढी र कोचबिहारमा मतदान हुँदैछ। आफ्नो प्रचारप्रसार सकिनुअघि उनी चुनावी सभामा सहभागी हुनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *