हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ

Untitled-1-copy-9

झापा, (नेपाल):  पूर्वी नेपालअन्तर्गत  झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन्। इलाका पुलिस कार्यालय, अनारमनीले गिरीलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो। उनीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो। जिल्ला समन्वय समिति, झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध १० अप्रेल (चैत २८ गते) जाहेरी दिएका थिए। सोही जोहरीका आधारमा पुलिसले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका पुलिस प्रवक्ता पुलिस डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए। ३१ मार्च (चैत १८ गते) हल्दीबारीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत मालेको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए।

About Author

Advertisement