सलमान खानको घर बाहिर गोली चलाइयो

salmana-khana-oura-salma-khana_bf21f942cb0e880d7427c81cbed13426.jpeg

मुम्बई: बलिउड सुपरस्टार सलमान खानको मुम्बईस्थित घरबाहिर आइतबार बिहान दुई अज्ञात व्यक्तिले गोली चलाएको छ। सलमानको ग्यालेक्सी अपार्टमेन्ट बान्द्रामा छ। घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले अभिनेता सलमान खानसँग फोनमा कुरा गर्दै सुरक्षाको आश्वासन दिए। मुख्यमन्त्री एकनाथ शिन्देले मुम्बईका पुलिस आयुक्तसँग चर्चा गरी सलमान खानको सुरक्षा बढाउन सुझाव दिएका छन्। यसैबीच महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडणवीसले पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको बताए। गोलीबारीको घटनामा शिवसेना (युबीटी) नेता सञ्जय राउतले राज्यमा कानून र व्यवस्था खतरामा रहेको बताएका छन्।

शिवसेनाकी नेतृ प्रियंका चतुर्वेदीले भनिन्, ‘महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडणवीस, र यो सरकार महाराष्ट्रको बिग्रिएको कानून र व्यवस्थाको लागि प्रत्यक्ष रूपमा जिम्मेवार छ। सलमान खानको घरबाहिर भएको गोलीबारीले स्तब्ध मात्रै होइन, राजनीतिभन्दा शासनमा ध्यान केन्द्रित गर्न नसक्ने पनि देखाउँछ।‘ एनसीपी नेतृ सुप्रिया सुलेले अभिनेता सलमान खानको घर अगाडि भएको घटना दुर्भाग्यपूर्ण भएको बताइन्। ‘मुम्बई जस्तो शहरमा सलमान खानको घर अगाडि यसरी गोली चल्यो भने देशका नागरिकको सुरक्षाको जिम्मेवारी कसले लिने? यो गृहमन्त्रीको असफलता हो। महाराष्ट्रमा अपराध बढेको छ। यो हामीले होइन, केन्द्र सरकारले भनेको हो। यस्तो तथ्याङ्क गृहमन्त्रीलाई दिइएको छ’, उनले भनिन्l डीसीपी राजतिलक रोशनले भने, ‘मुम्बईको बान्द्रा पुलिसले अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको सम्बन्धमा एक अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरिरहेको छ।‘ पुलिस आरोपीको खोजीमा व्यस्त छ। आरोपितलाई पक्राउ गर्न १५ भन्दा बढी टोली गठन गरिएको छ। पुलिस अधिकारीका अनुसार गोलीबारी हुँदा सलमान खान घरभित्रै थिए। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *