सिञ्चेल देवी मन्दिरमा पूजा आर्चना गरी गोरामुमो अध्यक्ष मन घिसिङद्वारा जोरबङ्लो क्षेत्रमा चुनाव प्रचार

IMG-20240414-WA0271.jpg

दार्जीलिङ: गोरामुमो अध्यक्ष मन घिसिङद्वारा सिञ्चेल देवी मन्दिरमा पूजा आर्चना गरी गोरामुमो जोरबङ्लोमा चुनाव प्रचार गरेको जानकारी प्राप्त भएको छ।गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी महासचिव सञ्जय खवासले पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा आजको प्रचार साथै पूजा आर्चनाबारे जानकारी गराउँदै भने, अध्यक्ष मन घिसिङद्वारा आज सिञ्चेल देवी मन्दिरमा पूजा आर्चना गर्नुको उद्देश्य देशमा लोकसभा चुनाव सम्पन्न भइरहेका छन्। यसको निम्ति देशमा अनि पहाडमा शान्ति स्थापना कायम रहोस् साथै शान्तिका साथ चुनाव सम्पन्न होस् भनी अध्यक्ष मन घिसिङद्वारा प्रार्थना चडाएका छन्। गोर्खा जातिको समस्याको समाधान चाढ़ै होस्। यसका साथै राजु विष्टलाई सिञ्चेल देवीले आशिर्वाद प्रदान गरुन् अनि राजु विष्टको बिजय होस् भनी अध्यक्ष मन घिसिङद्वारा प्रार्थना चढाएका छन्। यसै क्रममा आज जोरबङ्लो बजार अनि डाइरीमा अध्यक्ष मन घिसिङले जनसम्पर्क अभियान गरी राजु विष्टलाई गोर्खा जातिको निम्ति मुद्दालाई पार लगाउन आफ्नो बहुमुल्य भोट दिएर बिजयी बनाउने अपिल गरे। राजु विष्टको जीत सुनिश्चित छ र हामीलाई गोर्खाहरुको सुरक्षा हेतु संवैधानिक ब्यवस्था दिनुपर्छ र हामीलाई विश्वास छ प्रधानमन्त्री नरेन्द्र मोदीमाथि। यसैकारण सम्पूर्ण गोर्खा जातिले राजु विष्टलाई जिताउनुपर्छ भनी सञ्जय खवासले अपिल गरे।

आजको चुनाव प्रचारको क्रममा केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ, केन्द्रीय समिति सदस्य मणिकला तामाङ, अरुण राई , गोरामुमो सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल, गोरानासं, समष्टि अध्यक्ष मणि मोक्तान, समष्टि प्रतिनिधिवर्ग लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement