तस्वीर: बिजेन अमात्य
काठमाडौं: मध्यपुरथिमी क्षेत्रमा आइतबार हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ। प्रत्येक वर्ष १४ अप्रेल (वैशाख २ गते) मनाइने ३२ खटसहितको सिन्दुर जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ। मूल देवता खटमा राखी धिमेबाजा र नाचगान सहित चिराग बाली सिन्दुरे जात्रा एक अर्कामा सिन्दुर दलेर आपसमा खुशी साटासाट गरेर मनाइने गरिन्छ। यो जात्रामा थिमी वासीले प्रत्येक घर ,टोल प्रत्येक चोक, चौबाटो, पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्दछन्।














