आईपीएलको फर्मलाई वर्ल्ड कपमा लैजाने हेडको लक्ष्य

IMG-20240414-WA0260.jpg

बेंगलुरु: अष्ट्रेलियाका ट्रेविस हेडले साल २०२३-मा असाधारण प्रदर्शन गरेका थिए तर यस स्तरलाई कायम राख्नु चुनौतीपूर्ण हुने पनि उनलाई थाहा छ जसले पहिलो परीक्षा टी२० वर्ल्ड कपमा हुनेछ। हेडले गत वर्ष वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनल र ५० ओभरको वर्ल्ड कपको फाइनलमा शतक बनाएका थिए। अहिले उनी इण्डियन प्रीमियर लीग (आईपीएल)-को मध्यमले जूनमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी२० वर्ल्ड कपको निम्ति आफ्नो तयारीहरूलाई पोख्त गरिरहेका छन्। हेडले भने, एकजना खेलाड़ीको रूपमा मैले लामो यात्रा तय गरेको छु। मेरो आफ्नै शैली छ अनि विदेशमा पनि त्यही नै खेल्छु। अहिले चाहिँ लगातार खेल्ने दबाउ रहेको छ। खेलको कुनै पनि प्रारूपमा म आफ्नो बेसिक्समा अडिग रहन चाहन्छु। यही मेरो तक्निक र ब्लूप्रिण्ट हो। टी२० वर्ल्ड कप नजिकै रहेको हुनाले सनराइजर्सको टीममा रहेर शीर्ष क्रममा खेल्दै मैले आफ्नो तयारीहरूलाई पोख्त गर्नु पर्नेछ। यस फर्मलाई म वर्ल्ड कपमा पनि लैजान चाहन्छु। आईपीएलमा पूरा सत्र खेल्दा वर्ल्ड कपमा थकान या चोटको समस्या हुन सक्छ। यसबारे उनले भने, पूरा आईपीएलमा तरोताजा रहनु अनि आफ्नो खेलमा काम गर्नु महत्त्वपूर्ण हुनेछ। म वर्ल्ड कपको निम्ति आफूलाई तयार राख्न चाहन्छु। मैले आफ्नो भागीदारी सुनिश्चित गर्नु पर्नेछ अनि अहिले म आफूलाई तयार मान्छु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *