धवनको चोटले पञ्जाब किंग्सलाई धक्का

IMG-20240414-WA0255.jpg

मुल्लांपुर: राजस्थान रोयल्स विरुद्ध नजिकको म्याच हारेपछि पञ्जाब किंग्सका क्रिकेट विकास प्रमुख सञ्जय बांगड़ले टीमका नियमित कप्तान शिखर धवन काँधको चोटले गर्दा ७-१० दिनसम्म बाहिर रहने संकेत दिएका छन्। धवनले शनिवार राति रोयल्स विरुद्ध म्याचमा हिस्सा लिएनन् अनि उनको अनुपस्थितिमा अलराउण्डर सेम कुरेनले टीमको कप्तानी गरे। बांगड़ले भने, धवनको काँधमा चोट लागेको छ अनि उनी अझ केही दिन बाहिर रहनेछन्। टीमलाई शिखर जस्ता अनुभवी ओपनिंग ब्याटरको आवश्यकता छ। उपचारको असर कस्तो रहनेछ भन्ने हेर्नु पर्नेछ। यस समय त उनी फिट हुन ७-१० दिन समय लाग्ने लागिरहेको छ।
सीजनको शुरुवातमा कप्तानहरूका बैठकमा पञ्जाबको प्रतिनिधित्व जितेश शर्माले गरेका थिए तर धवनको अनुपस्थितिमा रोयल्स विरुद्ध म्याचमा टसको निम्ति सेम कुरेन मैदानमा आउँदा दर्शकहरू पनि चकित बने। यसबीच बांगड़ले चाहिँ ईंग्ल्याण्डका अलराउण्डरको भूमिका तय थियो भन्ने बताएका छन्। उनले भने, सेमले गत साल पनि टीमको कप्तानी गरेका थिए। उनी ब्रिटेनबाट ढिलो गरी आएर केही अभ्यास सत्रमा मात्र हिस्सा लिन चाहन्थे। यसैकारण बैठकमा हामीले उनको स्थानमा जितेशलाई पठाएका थियौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *