ला लीगाः रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको म्याड्रिडको जीत

IMG-20240414-WA0236.jpg

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिडको साथमा गत सीजनको च्याम्पियन बार्सिलोनाले जसोतसो म्याच जित्यो। यसरी एट्लेटिको म्याड्रिडले पनि रोचक जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले मालोर्कालाई १-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा केही स्टार खेलाड़ीहरू बिना मैदानमा ओर्लिएर ५७ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट औरेलिएन चौआमेनीले ४८औं मिनटमा गोल गरे।

यस जीतपछि रियल म्याड्रिड ३१ वटा म्याचमा ७८ पोइण्ट्सको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी बार्सिलोनाले पनि काडिज विरुद्ध १-०-ले जीतको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। काडिजको होम ग्राउण्डमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनालाई ३७औं मिनटमा जोआओ फेलिक्सले दिलाएको गोलले विजयी बनायो। अहिले दोस्रो स्थानमा रहने बार्सिलोनासँग ७० पोइण्ट्स रहेको छ। रियल म्याड्रिडको असाधारण फर्मले गर्दा यस सत्रमा आफ्नो खिताब बचाउने बार्सिलोनाको अभियान क्रमशः कठिन बनिरहेको छ।

यसबीच एट्लेटिको म्याड्रिडले लड़ाकू गिरोना विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४० प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोबाट एण्टोनी ग्रीजम्यानले ३४औं र ५०औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य एक गोल एञ्जेल कोरेआले मध्यान्तरको ठीक अघि (इञ्ज्युरी टाइमको छैटौं मिनट) गरे। यसरी गिरोनाबाट अर्टेम डोविकले चौथो मिनटमा गोल गरे। एक समय शीर्ष स्थानमा रहने पनि गत केही महिनामा फर्म गुमाउने गिरोना यस हारपछि ६५ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहन पुग्यो। ला लीगाको अन्य एउटा म्याचमा रियल बेटिसले सेल्टा विगोलाई २-१-ले पराजित गऱ्यो जबकि रायो भाल्लेकानो र गेटाफेबीचको म्याच गोलरहित ड्र-मा समाप्त भयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *