इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार

12354

इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ। इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। तर इजरायली सेनाले आक्रमण ठूलो मात्रामा नभएको दाबी गरेको छ। इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ। इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढंगले जवाफ दिन बताएका छन्। नेतान्याहुले इजरायली पीएमओले ट्वीटरमा एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘हामी रक्षात्मक र आक्रामक दुबै परिस्थितिका लागि तयार छौं।’

इजरायलको साथमा उभिएको अमेरिका, इंग्ल्याण्ड, फ्रान्स र अन्य धेरै देशहरूको समर्थनको प्रशंसा पनि उनले गरेका छन्। इरान र इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ। अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँदै इरानले गरेको आक्रमणको निन्दा गरेको छ। यस हमलालाई लिएर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन्। यसै वर्ष हुने राष्ट्रपतिय चुनावको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पले बाइडेन प्रति लक्षित गर्दै ‘म राष्ट्रपति भएको भए इजरायलमाथि आक्रमण हुने थिएन’ भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement