मिरिक: मिरिक चाँडै ग्रीन सिटीमा परिणत हुने भएकाे छ।जसकाे तयारी भइरहेकाे मिरिक नगरपालिका अध्यक्ष एलबी राईले शुक्रबार मिरिकमा पत्रकारहरूलाई बताए।तिनले मिरिकलाई राज्य सरकार अनि स्टेड अर्वन डेभलपमेन्ट एजेन्सी( सुडा) ले ग्रीनसिटी पश्चिम बंगाल राज्यमा नै पहिलाेचाेटि गरेकाे बताए। तिनले मिरिकलाई ग्रीन सिटी बनाँउन मिरिक नगरपालिकाले कार्य शुरू गरेकाे अनि प्रत्येक वार्डमा चार पाँचजना कर्मचारी अनि स्वनिर्भर दलका सदस्यहरूलाई सहभागी गराई सफाई गर्ने कार्य गरिरहेकाे खनि मिरिक नगरपालिकाले पनि प्रत्येक दिन मिरिकलाई सफा राख्ने कार्य गरिरहेकाे बताए। तिनले पश्चिम बंगाल राज्यमा मिरिकलाई एउटा सुन्दर नमुना पर्यटन केन्द्र बनाँउने उदेश्यले कार्य भइरहेकाे जानकारी गराँउदै मिरिक नगरपालिकालाई फाेहाेर ब्यावस्थापन गर्न सुडाले गाडीहरू पनि उपलब्ध गरिसकेकाे बताए। तिनले मिरिकलाई ग्रीनसिटी बनाँउनकाेलागि जीटीए, मिरिक थाना, मिरिक महकुमा शासकसित पनि सभा गरिसकेकाे जानकारी गराँउदै आगमी ७ अगस्तमा उक्त विषयमा विभनगीय अभियन्ताहरूसित सेमिनार गरिने अनि ९ अगस्तमा काेलकाेत्ता उम्चन्यायलयका न्यायधीसहरू मिरिक आएर मिरिकलाई ग्रीन सिटीकाे आधिकारिक घाेषणा गर्न सक्ने बताए। तिनले मिरिककाे फाेहाेर ब्यावस्थापन गर्न डम्पिङकाे पनि ब्यावस्था गरिनेछ भन्दै यस विषयमा नगरपालिकाले मात्र पहल गरेर हुदैन प्रत्येक मिरिकबासीकाे नै सहयाेग र सहभागिता आवश्यक रहेकाे बताए। तिनले मिरिक नगरपालिका क्षेत्रमा तीसवटा हाइमाक्स लाइट लगाँउने कार्य भइरहेकाे जानकारी गराँउदै मिरिक झीलमा शुद्ध पानी पठाँउनकाेलागि जीटीए मार्फत स्वेरेज सिस्टमकाे काम लगभाग समाप्त भइसकेकाे जसलाई मिरिक नगरपालिकामा हस्तान्तरण भएपछि याे कार्य पनि शुरू हुनेछ भने। तिनले मिरिक ग्रीनसिटी भएपछि यहाँकाे पर्यटन ब्यावसाय विकसित बन्ने जसकाे साेझाे लाभ यहाँकाे आम नागरिक, हाेटल ब्यावसायी, चालकवर्ग आदिलाई हुनेछ भने।