खरसाङ: एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाद्वारा आज डा. भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गरिएको छ। इम्प्लोइज युनियन खरसाङ शाखाको आयोजनामा भारत रत्न डाक्टर भीमराव अम्बेडकरको जन्म जयन्ती रूपमा खरसाङस्थित यूनियन कार्यालय परिसरमा पालन गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा इन्टिलिजेन्ट ब्युरोको अवकाशप्राप्त डेपुटी डाईरेक्टर एटी यल्मो उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा मिङ्कमा शेर्पा र पासाङ शेर्पा उपस्थित थिए। रेलवे इम्पोलइज युनियन खरसाङ शाखाको सभापति डिमु लेप्चा लामाले सञ्चालन गरेको कार्यक्रममा डा भीमराव अम्बेडकरको कार्यहरू विषयमा शाखा सचिव विशाल मुखियाले जानकारी गराएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन रमेशकुमार रसाईलीले राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि साथै उपस्थित रेल कर्मचारीहरुले बाबा साहेब डा भीमराव अम्बेडकरको तस्वीरमा माल्यार्पण गरेका थिए। उपस्थित सदस्यहरूले डा भीमराव अम्बेडकरको योगदान र उनको विषयमा जानकारी गराएका थिए।