खरसाङ: एनएफ रेलवे को-ओपरेटिभ सोसाईटी तीनधारेको ११०औं वार्षिक सभा तीनधारेमा सम्पन्न भएको छ। उक्त वार्षिक सभा सोसाईटीको नयाँ चेयरम्यान रबीन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। सभाको शुरुमा गत फरवरी महिनामा चुनाव भएर चयन भएका सञ्चालन समितिको १२ जना पदाधिकारीवर्गलाई परिचय गराइएको थियो। सभामा सोसाईटीको सचिव बिराज प्रधानले सभामा उपस्थित सबैलाई स्वागत जनाएका थिए। सभामा सोसाईटीको सिनियर एकाउन्टेन्ट बरू रसाईलीले गत वर्ष २०२३ को प्रस्तावहरू र पारित गरिएका प्रतिवेदन पढे़र सुनाएका थिए। सभामा सचिव बिराज प्रधानले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा रेलवे कर्मचारीहरूका नानीहरू जसले विभिन्न परीक्षाहरू जस्तै माध्यमिक, उच्च माध्यमिक, आईसीएससी, आईएससी, सीबीएसीतिर उच्च अंक ल्याएर उत्तीर्ण भएका सातजना विद्यार्थीहरूलाई सम्बर्ध्दना जनाइएको छ। सभामा वर्ष २०२२-२३ को अाय ब्यायको सोसाईटीको रिपोर्ट युनिट डायरेक्टर विकास सुनार र विशाल मुखियाले पढेर सुनाएका थिए। सभामा क्रमैले उमेश कुमार यादव, नरेन बम्जन, शशीकुमार सिंह, सुजित कुमार आदिले आफ्नो आफ्नो सुझावहरू र गुनासोहरू राखेका थिए। वर्तमान एनएफ रेलवे को-अपरेटिभ सोसाइटीले २०२४ देखि २०२९ सम्म ५ वर्षको लागि सञ्चालन गर्ने भएको छ। यसमा चेयरम्यान रबीन सुब्बा, भाइस चेयरम्यान किशोर कुमार छेत्री, सचिव बिराज प्रधान, सह सचिव शर्मिला माझी लगायत १२ जनाको सञ्चालन समिति रहेका छन्। सभामा दार्जीलिङदेखि एनजेपीसम्मका धेरै सदस्यवर्ग उपस्थित रहेका थिए। उक्त सोसाईटी नोभेम्बर सन् १९१४ मा स्थापना भएर ११० वर्षदेथि लगातार रूपमा चलिरहेका छन्। सभामा सभाध्यक्ष रबीन सुब्बाले उपस्थित सबैप्रति आभार प्रकट गरेको जानकारी तीनधारेबाट रेलवे कर्मचारी साथै सोसाइटीको सदस्य नरेन बम्जनले दिएका छन्।