‘हर घर तिरंगा अभियान’ अन्तर्गत बाइक ऱ्याली आयोजित

IMG_20220805_153221.jpg

गान्तोक: ‘हर घर तिरंगा अभियान’ अन्तर्गत अाज गान्तोकदेखि पाकिमसम्म बाइक ऱ्याली आयोजन गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले झण्डा देखाएर यस ऱ्यालीको शुरूवात गरे।

देशको ७५औं स्वतन्त्रता दिवस मनाउन ‘आजादीको अमृत महोत्सव’ अन्तर्गत राज्यव्यापी विभिन्न कार्यक्रमहरूको आयोजना भइरहेको छ। यसै क्रममा आज बिहान राजधानी गान्तोकस्थित मिन्तोकगाङबाट ‘हर घर तिरंगा अभियान’ अन्तर्गत एक बाइक ऱ्याली निकालियो, जुन पाकिम जिल्ला प्रशासनिक केन्द्र पुगेर समाप्त भयो। बाइक ऱ्यालीलाई मुख्यमन्त्री तामाङले झण्डा हल्लाएर शुरूवात गरेका थिए।

पाकिममा नाम्चेबुङका विधायक एम प्रसाद शर्मा र रिनाकका विधायक विष्णु कुमार खतिवडाले बाइकरहरूलाई स्वागत जनाए। ऱ्यालीमा सहभागी बनेका बाइकरहरूलाई विधायकहरूको बाहुलीद्वारा प्रमाणपत्र प्रदान गरियो।

बाइक ऱ्यालीको आयोजन राज्य परिवहन विभागले गरेको थियो र यसको उद्देश्य ‘हर घर तिरंगा अभियान’ बारे मानिसहरूमा जागरूकता ल्याउनु रहेको बताइएको छ। बाइक ऱ्यालीमा विभिन्न बाइकर क्लबका सदस्यहरू र व्यक्तिगत रूपमा इच्छुक व्यक्तिहरू सहभागी बनेका थिए।

मुख्यमन्त्री तामाङले आजादीको अमृत महोत्सवको अवसरमा सिक्किमवासीहरूलाई सन्देश दिन राज्य परिवहन विभागले मिन्तोकगाङदेखि पाकिमसम्म बाइक ऱ्याली आयोजन गरेको बताए। उनले ऱ्यालीमा बाइकरहरू स्वेच्छापूर्वक अगाडि आएर सहभागी बनेकोमा सबैलाई धन्यवाद दिए। उनले हर घर तिरंगा अभियान देशव्यापी रूपमा १३ देखि १५ अगस्तसम्म मनाइने छ, तर सिक्किममा यो अभियान शुरू भइसकेको छ भनी बताए। सोही अभियानको एक भागको रूपमा आज बाइक ऱ्याली आयोजन गरिएको हो भनी उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *