तृणमूल कांग्रेसको झण्डा जलाएपछि चोपडामा तनाव

IMG-20240414-WA0204

उत्तर दिनाजपुर: तृणमूल कांग्रेसको झण्डा जलाएपछि उत्तर दिनाजपुर जिल्लाको चोपडा थानाको माझियाली क्षेत्रमा तनाव भएको छ। तृणमूल कांग्रेसले झण्डा जलाएको आरोप भाजपामाथि लगाएको छ। यस घटनाको विरोधमा तृणमूलले सडकमा विरोध प्रदर्शन गरेको छ। घटनालाई लिएर चोपडा थानाको माझियाली क्षेत्रमा व्यापक तनाव देखिएको छ।

तृणमूल स्रोतका अनुसार, आइतबार बिहान केही भाजपा कार्यकर्ताहरूले चोपडा थानाको माझियाली क्षेत्रमा तृणमूल पार्टीका झण्डाहरू जलाए। घटनाको खबर पाएलगत्तै तृणमूलका कार्यकर्ता र समर्थकहरू घटनास्थलमा भेला हुन थालेका छन्। दोषीलाई पक्राउ गर्न माग गर्दै तृणमूलका कार्यकर्ता र समर्थकहरूले माझियाली राज्य राजमार्गमा आगो लगाएर विरोध प्रदर्शन गरे। यस कारणले गर्दा ट्राफिक जाम भएको थियो भने सवारीसाधनको आवतजावतमा समेत अवरोध भएको थियो। खबर पाएलगत्तै चोपडा पुलिस चौकीबाट पुलिस घटनास्थल पुगेको थियो। करिब २ घण्टासम्म चलेको जामपछि तृणमूलका कार्यकर्ता र समर्थकले जाम हटाए। भाजपाले सबै आरोप अस्वीकार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement