बंगाली नयाँ वर्षको अवसरमा सिलगढीमा रंगारंग शोभायात्रा सम्पन्न

IMG-20240414-WA0202

सिलगढी: बंगाली नयाँ वर्षसँगै आज पश्चिम बंगालभर बंगला दिवस पनि मनाइँदैछ। बंगाली नयाँ वर्षको साथसाथै बंगला दिवस सम्पूर्ण राज्यका साथ सिलगढी नगरपालिकाले मनायो। सिलगढीका मेयर गौतम देवले आइतबार बिहान सिलगढीको बागाजतिन पार्कमा रहेको भाषा शहीद वेदीमा श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि रवीन्द्रनाथ टैगोरको शालिकमा माल्यार्पण गरी कार्यक्रमको शुरुवात गरियो। यस कार्यक्रममा सिलगढीका विभिन्न क्षेत्रका धेरै मानिसहरू सहभागी थिए। आज उक्त कार्यक्रममा सयौंले ‘बंगला माटी बंगला गान’ गीत गाए। यसका साथै नयाँ वर्षको अवसरमा रंगारंग शोभायात्रा निकालियो। सिलगढीको बागाजतिन पार्कबाट शुरु भएर शहरको मुख्य सडक हुँदै यो शोभायात्रा परिक्रमा गरियो। शोभायात्रामा सिलगढीका नगरनिगमका  मेयर गौतम देव, उपमेयर, मेयर काउन्सिलका काउन्सिलरहरू साथै सिलगढी नगरनिगमका अधिकारीहरू, विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू, शहरका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *