सिलगढी: दार्जिलिङ लोकसभा क्षेत्रका तृणमूल उम्मेदवार गोपाल लामाले आज सिलगढीको आनन्दमयी कालीबारीमा प्रार्थना गरेर चुनावी अभियान शुरु गरेका छन्। आज उम्मेदवार गोपाल लामा, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस विधानसभा नेता पापिया घोष र अन्य तृणमूल कार्यकर्ता र समर्थकहरूले चुनाव प्रचार शुरु गर्नु अघि आनन्दमयी कालीबारीमा प्रार्थना गरे। उनले सिलगढी नजिकैको सुकनालगायत विभिन्न क्षेत्रमा प्रचार गरे। यसै क्रममा गोपाल लामाले आम जनतालाई भोट हाल्न अपिल गरेका छन्। गोपाल लामा चुनावी प्रचारका क्रममा नेपाली समुदायको नयाँ वर्षको कार्यक्रममा सहभागी भए।









