नयाँ वर्षको अवसरमा तृणमूल कांग्रेसले निकाल्यो जुलुस

5d6961bd-8bc8-4ed2-8674-d50c54bfe82b-1024x576.jpg

राजगञ्ज: तृणमूल कांग्रेसले नयाँ वर्षको शुभकामनासहित जुलुस निकालेर प्रचार गरिरहेको छ। आज नयाँ वर्षको अवसरमा जलपाईगुडी जिल्ला तृणमूल कांग्रेसका उम्मेद्वार निर्मल चन्द्र रायको समर्थनमा राजगञ्ज ब्लकको बिन्नागुरी ग्राम पंचायत अन्तर्गत अम्बाडी साहेबपाडादेखि अम्बाडी आंचल मोडसम्म एक जुलुस निकालियो।राजगञ्ज युवा तृणमूल कांग्रेसका अध्यक्ष तुषार कान्ति दत्तले भने कि मुख्यमन्त्री ममता बनर्जीले आज बंगला दिवसको रूपमा घोषणा गरे। तृणमूल कांग्रेसले राजगञ्जका हरेक क्षेत्रमा जुलुस निकालेर शुभकामना दिइरहेको छ। यससँगै जलपाईगुडीबाट तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र रायलाई भोट गर्न अपिल पनि भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *