पूर्व भारतीय फूटबलर नरेन्द्र थापाको निधन

IMG-20220805-WA0123.jpg

५ अगस्तः पूर्व भारतीय फूटबलर नरेन्द्र थापाको आज कलकत्ताको सल्ट लेक स्थित वासस्थानमा निधन भयो। उनी ५६ वर्षका थिए। हिमाचल प्रदेशको नहानमा जन्मिएका नरेन्द्र थापाले सफल मीडफिल्डरको रूपमा आफ्नो छाप छोड़ेका थिए। उनी १९८४ सालमा एशियन गेम्समा हिस्सा लिने भारतीय टीमका हिस्सा थिए। त्यस टीममा स्वर्गीय प्रेम दोर्जी पनि रहेका थिए। घरेलु स्तरमा उनले मोहमेडन स्पोर्टिंग क्लबको प्रतिनिधित्व गरेका थिए। खेलबाट सन्न्यास लिएपछि एफसीआई-मा कार्यरत नरेन्द्र थापालाई एक वर्ष अघि हृदयाघात भएको थियो। त्यसपछि शुक्रवार उनको निधन भयो। उनको निधनले भारतीय फूटबल जगतमा शोकको लहर छाएको छ। भारतीय फूटबल टीमका पूर्व कप्तान श्याम थापाको साथमा पूर्व राष्ट्रिय स्तरका फूटबलर कालेबुङ निवासी श्याम लामाले नरेन्द्र थापाको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनीहरूले नरेन्द्र थापाको निधनलाई भारतीय फूटबल जगतको निम्ति ठूलो क्षति बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *