अलिपुरद्वार: कुमारग्राम ब्लकको चेङ्मारी ग्राम पञ्चायतको घोरमारा क्षेत्रमा ढुंगाले भरिएको ट्रक अनियन्त्रित भई खाल्डोमा खसेको छ। यस दुर्घटनामा ट्रक चालक घाइते भएका छन्। कुमारग्राम पुलिस थानाले आइतबार ट्रकलाई खाल्डोबाट निकाल्यो। ढुङ्गा बोकेको ट्रक कुमारग्राम–जोराई प्रदेश राजमार्ग हुँदै बारविशातर्फ गइरहेको थाहा भएको हो। घोरामरा क्षेत्रमा डम्परलाई ओभरटेक गर्ने क्रममा ट्रक सडकको खाल्डोमा खस्दा ट्रकका चालक घाइते भएका छन्। आइतबार घटनास्थल पुगेको कुमारग्राम पुलिसले क्रेनको सहायताले ट्रकलाई बाहिर निकालेको थियो। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।









