फुलबारी: जलपाईगुडीको तृणमूल उम्मेदवार निर्मल चन्द्र राय पोइला वैशाखको दिन चुनाव प्रचारमा देखिए। जलपाईगुडी लोकसभा क्षेत्रका तृणमूल उम्मेदवार निर्मल चन्द्र रायले आज बिहान डाबग्राम फुलबारी विधानसभा क्षेत्रको फुलबारी २ नम्बर ग्राम पञ्चायत अन्तर्गत पश्चिम धन्तला गाउँमा कार्यकर्ता र समर्थकहरूसँग घर-घर प्रचार गरे र साथै कार्यकर्ताको घरमा बसेर चिया पिउदै बिभिन्न विषयमा छलफल गरे। उम्मेदवार निर्मलचन्द्र रायले क्षेत्रका जनतासँग अन्तरक्रिया गरी मतदाताको आशीर्वाद लिए। स्थानीय पञ्चायत सदस्य सहित क्षेत्रका सबै तृणमूल नेताहरू उहाँसँग उपस्थित थिए।









