रुड र सौसा जिनेवा ओपनको फाइनलमा

IMG_20220521_122412.jpg

२१ मईः गत विजेता तथा दोस्रो वरीयता प्राप्त केस्पर रुडले अमेरिकी खेलाड़ी रेली ओपेल्कालाई ७-६ (७-२), ७-५-ले पराजित गरी जिनेवा ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाए। विश्वमा आठौं नम्बरका खेलाड़ी नर्वेका रुडले जोआओ सौसाको चुनौती स्वीकार्नेछन्। पोर्तुगलका खेलाड़ी सौसाले दोस्रो सेमिफाइनलमा फ्रान्सका रिचर्ड गास्केटलाई सीधा सेटमा ६-२, ६-२-ले पराजित गरे। रुड र ओपेल्काबीचको सेमिफाइनल म्याच चरम रोमाञ्चक रह्यो अनि नर्वेका खेलाड़ीले म्याचमा जीत हासिल गर्न कठोर मेहनत गर्नु पऱ्यो। पहिलो सेट टाईब्रेकरमा जितेपछि रुडले दोस्रो सेटमा पनि ओपेल्काबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। यस म्याचको तुलनामा सौसाले जीतको निम्ति अधिक मेहनत गर्नु परेन। पेरिसमा आइतवारदेखि शुरु हुने फ्रेञ्च ओपनको तयारीको निम्ति यो अन्तिम क्ले कोर्ट टुर्नामेण्ट हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement