भागोप्रमोद्वारा घैयाबारी क्षेत्रमा पार्टीको झण्डा लगाउने कार्य सम्पन्न

IMG-20240414-WA0224.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङको घैयाबारी क्षेत्रमा पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरेका छन्। घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत पर्ने क्षेत्रहरूमा भागोप्रमोको झण्डा लगाउने कार्य सम्पन्न गरिएको छ। उक्त झण्डा लगाउने कार्य भागोप्रमोको घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५१, २५२, २५४ र २५५ अन्तर्गत पर्ने क्षेत्रहरूमा लगाइएको छ। उक्त झण्डा लगाउने कार्य घैयाबारीको सिलिम हिलदेखि पगला झोडासम्म सम्पन्न गरिएको छ। पार्टीको झण्डा लगाउने कार्यमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति एंव पञ्चायत समिति सदस्य कुसाङ लामा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, समष्टीको प्रवक्ता बिपन विश्वकर्म, २५५ बुथको सभापति नरेन राई लगायत पञ्चायत सदस्य राजीव तामाङ र अन्यहरू उपस्थित रहेका थिए।

यस झण्डा लगाउने कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५४ को सचिव शंकु खवास र भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रूपमा जानकारी गराएका छन्। दुवैले बताए अनुसार यसपाली भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई जिताउन कम्मर कसेको बताउँदै आगामी १७ अप्रेलको दिन भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामा तीनधारे महानदी समष्टि क्षेत्रको विभिन्न स्थानहरूमा चुनाव प्रचारमा आउने भएकोले दलीय झण्डाहरू लगाउने कार्य भईरहेको जानकारी गराएका छन्। दुवैले यसपालीको विकासको नाममा भोट दिएर गोपाल लामालाई जिताउन आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement